लगभग दुई महिनाअघि चीन ल्याएर बिचल्लीमा पारिएका ४४ नेपाली महिलालाई चीनमै बसेर काम गर्न नेपालको ‘कम्पास म्यानपावर कम्पनी’ ले दबाव दिएको छ ।
काठमाडौंको पिंगलास्थानमा कार्यालय रहेको सो कम्पनीले ती महिलालाई कामका लागि चीनको ल्याउनिङ पठाएको थियो । चीनमा ४४ नेपाली महिला बिचल्लीमा परेको समाचार केही दिनअघि छापिएपछि कम्पनी सञ्चालक गिरिराज घिमिरे र राम कार्की शनिबार चीनको ल्याउनिङ आएका छन् ।
घिमिरे र कार्कीले आइतबार समूह–समूहमा नेपाली महिलासँग कुरा गरेर चीनमै बस्न दबाव दिएको खबर चेतनाथ आचार्यको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।