newskoseli.Com

नेपाली महिलाको यस्तो पौरख : सुरक्षा संवेदनशील अमेरिकी संस्थामा बनिन् विज्ञ

महिलालाई ‘अशक्त’ र ‘अबला’ देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा कतिलाई पत्यार लाग्ला ?

डा. गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई स्वीकार गर्नैपर्छ किनभने उनी विश्वको महाशक्ति राष्ट्र अमेरिकाको अत्यन्तै सुरक्षा संवेदनशील मानिएको ह्युज रिसर्च ल्याबोरेटोरिज (एचआरएल) मा इन्जिनियरिङ विज्ञका रुपमा कार्यरत छिन् । शर्मा आबद्ध ल्याबले तयार पार्ने नानो टेक्नोलोजी र सफ्टवेयर अमेरिकी रक्षा विभाग (डार्पा), अमेरिकी सुरक्षा एजेन्सी (एनएसए), विश्वप्रसिद्ध हवाई उत्पादक कम्पनी (बोइङ), अमेरिकी बहुराष्ट्रिय जनरल मोटर्स कर्पोरेसन (जीएमसी) जस्ता कम्पनीले प्रयोग गर्दै आएका छन् ।

एचआरएलका उत्पादन प्रयोग गरिरहेका कम्पनीले थप र नयाँ उपकरण माग गर्नुपर्ने अवस्था आएमा ती कम्पनीले पुनः ल्याबको गुणस्तर, गोपनीयता र सुरक्षा सुनिश्चिता गर्ने उनले बताइन् । शर्मा भन्छिन्– ‘एचआरएलका प्रयोगकर्ता यस्ता विषयमा ढुक्क भएपछि मात्रै उत्पादन प्रक्रिया अघि बढ्छ ।

उनका अनुसार एचआरएलले नानो टेक्नोलोजीमा आधारित ट्रान्जिस्टर तथा तीव्र गति र उच्च शक्तिका नवीनतम उपकरण तयार पार्दै आएको खबर टीका बन्धनको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर