newskoseli.Com

‘जिउ र बिऊ जोगाउनोस्’ : मौसमविदको सुझाव, २५ जिल्लामा साताभर पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा महाशाखाले २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो ।

यो बेला खाद्यान्नका बिऊ र मानिसको जिउ जोगाउन सतर्क रहनुपर्ने मौसमविदहरूको सुझाव छ । महाशाखाले बिहीबार विशेष भविष्यवाणी गर्दै ती २५ जिल्लामा कहिले हल्का, कहिले मध्यम तथा कहिले भारी वर्षाको अवस्था रहने जनाएको छ । शुक्रबारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जानकारी महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले दिएकी छन् ।

उनले भनिन्– ‘भारी वर्षाले पूर्वी, मध्य क्षेत्रको पहाडी भेग र तटीय क्षेत्रमा बढी प्रभाव पार्ने हुँदा उच्च सतर्कता अपनाउनुपर्छ । विशेषगरी तराईका पर्सा, चितवन र आसपासका क्षेत्रको आकाश घना बादलले ढाकेको छ ।’ पश्चिमका दार्चुला, डडेलधुरा, कैलाली, कञ्चनपुरका क्षेत्रमा पनि लगातार वर्षाको सङ्केत उनले गरेको खबर चाँदनी हमालको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर