newskoseli.Com

झपडमा मारिए २६ विद्रोही, सुरक्षा अधिकारी पनि मारिए, २ जना घाइते

अफगानिस्तानको उत्तरी प्रान्तहरु तखार र जावजानमा सुरक्षा अधिकारी र विद्रोहीहरुबीच भएको झपडमा कम्तिमा २६ विद्रोही मारिएका छन् ।

तालिबान समर्थक लडाकुको एक समूहले जावजान प्रान्तको कार्कीन जिल्ला कब्जा गर्ने क्रममा शुक्रबार अबेर राति भीषण आक्रमण गरेका थिए । उक्त आक्रमणको क्रममा सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमा कम्तिमा २० लडाकु मारिएको सरकारी स्रोतले शनिबार जानकारी दिएको छ ।

मारिएका ती लडाकुहरुमा केही स्थानीय नेताहरु समेत रहेका र दुई स्थानीय नेता घाइते भएको सो प्रान्तको सेनाका प्रवक्ता मोहमद हानीफ रेजले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । तखार प्रान्तको कार्कीन जिल्ला कब्जा गर्नका लागि लामो समयदेखि तालिबान लडाकु समूह संघर्षरत छ । तर, यस पटक सरकारी सुरक्षा बलले गरेको कडा प्रतिकारका कारण तालिबान सफल हुन नसकेको सुरक्षा स्रोतले जनाएको छ ।

यस झडपका क्रममा एक सुरक्षा अधिकारी मारिनुको साथै दुई जना घाइते भएका थिए । तखार प्रान्तको नमाकाव जिल्लामा पनि ६ तालिबान लडाकु मारिनुका साथै ३ घाइते भएको प्रेस अधिकारी गुलाम हज्रात कारिमीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

यस झडपका क्रममा केही तालिबान विद्रोही पक्राउ परेका छन् । अफगान सरकारसँग युद्धरत तालिबान लडाकु समूहले यस झडप र सुरक्षा कारबाहीको विषयमा केही टिप्पणी गरेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर