newskoseli.Com

इन्टरनेट महँगिँदै बुधबारदेखि…

बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्ने भएको छ । संघीय संसदबाट पारित आर्थिक विधेयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरिएसँगै उपभोक्तामाथि शुल्कको भार बढ्ने भएको छ ।

यसअघि इन्टरनेट टीएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विधेयकले १३ प्रतिशतको अतिरिक्त भएर थपिदिएको छ । चालू वर्षको आर्थिक विधेयकमै टीएससीको व्यवस्था गरिएको थियो । तर, चौतर्फी विरोध भएपछि सरकार र इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी) बीच सहमति भएपछि कम्पनीहरुले उपभोक्तामाथि शुल्कको भार पारेका थिएनन् ।

तर, सरकारले सहमति पालना नगरेर जेठ १५ को बजेटमा पनि यसलाई निरन्तरता दिएपछि आगामी आर्थिक वर्षको सुरुदेखि नै अतिरिक्त शुल्क लिने भन्दै कम्पनीहरुले सेवाग्राहीलाई जानकारी समेत गराइसकेको खबर सरस्वती ढकालको बाइलाइनमा सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर