newskoseli.Com

‘महन्त’ ले बेचे मठमन्दिरको अर्बौं रुपैयाँको जग्गा

गुठी संस्थानअन्तर्गत विभिन्न मठमन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा एक महन्तले आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको छ । महिटानी गाविस, महोत्तरी स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका ‘मानमहन्त’ जगन्नाथ दास वैष्णवले सवा तीन अर्ब रुपैयाँभन्दा बढीको सरकारी जमिन बिक्री गरेका हुन् ।

सरकारी जमिनको संरक्षण नहुँदा संस्थानअन्तर्गत रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायतका मन्दिरको करिव सात विघा जमिन बिक्री गरेर हिनामिना गरेका छन् । उक्त जमिनको अहिलेको चलनचल्तीको मूल्य ३ अर्ब २३ करोड रुपैयाँ पर्छ । नागरिकलाई प्राप्त कागजातअनुसार जगन्नाथले धनुषामा करिव पाँच विघा र रुपन्देहीमा २ विघा जमिन विभिन्न मितिमा बिक्री गरेको भेटिएको छ ।

चलनचल्तीको मूल्यअनुसार धनुषाको जग्गाको मूल्य करिव ३ अर्ब रूपैयाँ र रुपन्देहीको जमिनको मूल्य करिव २३ करोड रूपैयाँ पर्छ । मन्दिरका ‘गुरु’ कौशलकिशोरको मृत्युपछि उनका ‘चेला’ जगन्नाथले मठमन्दिरले प्रयोग गर्दै आएको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेका हुन् ।

मालपोत तथा नापीका कर्मचारी र गुठी संस्थानका उच्च नेतृत्वसँगको मिलेमतोमा उनले जग्गा बिक्री गरेका हुन् । गुठी संस्थानको हेलचेक्र्याइँका कारण महन्तले सरकारी जमिनमा रजाइँ गर्दै आएको खबर दिलीप पौडेलसुरेश यादवको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर