newskoseli.Com

बच्चाको भोकमा भक्कानिँदै अभिभावक : चारैतिर पानी नै पानी, पेटभरि भोकको आगो

दुई वर्ष अघिको बाढीले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँँपालिका– ५, बडहरवाको दलित वस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुबानले घरबारविहीन बनाइदिएको छ ।

‘हामी ठूला मान्छे त भोकै पनि सुत्छौं तर बच्चाहरुले भोक लाग्यो भन्छन्, अन्नपात छैन, के दिएर उनीहरुको पेटको आगो निभाउने ?’ दमका रोगी राम शंकरले भने– ‘हामीलाई विपद् परेका बेला नेताहरु पनि कहाँ हराए खै ?’

उनीहरुमध्ये कतिको घर ढलेको छ भने कतिको घरमा हिलो माटो भरिएको छ । घरबारबिहीन बनेकाहरु बागमती नदीको तटबन्धमा त्रिपाल टाँगेर ओत लागेका छन् । ४० घरपरिबार ‘माण्डवी’ नामक संस्थाले बनाइदिएको आवासगृहमा आश्रय लिइरहेका छन् ।

दुई वर्षअघि (२०७४ मा) आएको बाढी र डुबानले सुकुम्बासी बनेका उनीहरु यस पटक पूर्णतः घरबारविहीन बनेका छन् । बाढी र वर्षाले अन्नपात, लत्ताकपडा कामै नलाग्ने भएका छन् । साना बालबालिकासहित त्रिपालमा रहेका उनीहरु चौपायाका साथ सुत्न बाध्य भएको खबर सञ्जय कार्कीको बाइलाइनमा बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर