नेपाली कांग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद चर्किएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको नियमावली मस्यौदा फेरि समितिमै फर्काइएको छ । सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएका छन् ।
अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले सस्यौदाविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका थिए । त्यसलगतै सभापति देउवा पक्षले सर्वसम्मत तरिकाले पुनः मस्यौदा बनाउन समितिलाई निर्देशन दिएको थियो ।
पाँच सदस्यीय मस्यौदा समितिमा देउवाइतरका केन्द्रीय सदस्यहरु प्रदीप पौडेल र जीवन परियार सहभागी रहेको खबर नवीन झाको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।