newskoseli.Com

मान्छे बेच्दै भाग्दै, समाउन प्रहरीलाई हम्मे

५ महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो । तिनैमध्येकी एक हुन्– रसुवाकी सुनिता तामाङ (१९) । उनको सपना दुनियाँका लागि खासै ठूलो थिएन । सामान्य परिवारमा जन्मे–हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउन चाहन्थिन् । त्यही झिनो सपनाले सुनितालाई कुवेतसम्म पुर्यायो ।

गाउँकै चिनेजानेका एक जना दाइले उनको सपना साकार पार्न विदेश जानैपर्ने सुझाव दिएपछि सुनिता तयार भइन् । तिनै दाइले उनलाई रसुवाबाट काठमाडौं हुँदै कुवेतसम्म पुग्न सहयोग गरे । सुरुमा सुनितालाई ती दाइ भगवानजस्तै लाग्यो । तर, उनको त्यो सोच लामो समय टिकेन । कुवेत पुगेपछि मात्र आफू बेचिएको सुनिताले थाहा पाइन् ।

रसुवाकी सुनिता त उदाहरण मात्रै हुन् । उनीजस्ता कयौं पीडितले नेपाल फर्किएपछि कसैमाथि जाहेरी नदिएको घटना प्रहरीसामु तमाम छन् । यस्ता घटनामा जाहेरी नदिएकै कारण एजेन्टदेखि नाइकेसम्मलाई पक्राउ गर्न प्रहरीले नसकेको खबर आकाश क्षेत्रीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर