newskoseli.Com

भारतमा पनि बाढीको जोखिम : ८० लाखभन्दा बढी विस्थापित

भारतका कयौं भागमा बाढीको खतरा रहेको छ । भारतको पूर्वी राज्य बिहार र उत्तरपूर्वी राज्य आसाम तथा उत्तर प्रदेशका केही भागहरु बाढीको प्रकोपबाट बढी प्रभावित भएका छन् ।

मनसुनी वर्षा र त्यसपछिको बाढीका कारण पछिल्ला केही दिनमा भारतमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सय पुगेको छ । बाढीको प्रकोपका कारण ८० लाखभन्दा बढी व्यक्ति बाढी प्रभावित क्षेत्रबाट विस्थापित भएको जानकारी अधिकारीहरुले दिएका छन् । बाढी प्रभावित व्यक्तिहरुका लागि खाने कुरा, लत्ताकपडा र औषधिलयायतका सामग्रीहरुको प्रबन्ध मिलाएको राज्य सरकारका प्रतिनिधिहरुले बताएका छन् ।
हालै बिहारमा आएको बाढीको प्रमुख कारण अविरल रुपमा परेको मौसमी वर्षा भएको बताइएको छ । यस वर्षाका कारण नेपालका कयौं इलाका समेत जलमग्न भएका थिए ।

यस प्रकोपका कारण बिहारमा ३३ व्यक्तिको मृत्यु हुनुका साथै करिव २७ लाख व्यक्ति प्रभावित भएको बिहार प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ । बिहारको सितामढी राज्यमा ११ व्यक्तिको मृत्यु भएको र यो सङ्ख्या अन्य इलाकामा भन्दा उच्च रहेको बताइएको छ । सञ्चार माध्यमका अनुसार बिहारमा मात्र ७० व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

दक्षिण एसियाका करिव ६० लाख नागरिकलाई बाढीको खतरा रहेको समाचारमा जनाइएको थियो । मनसुनी वर्षा र त्यसका कारण पछिल्ला केही दिनमा आएको बाढीले लाखौं व्यक्ति प्रभावित भइरहेको तथा कम्तिमा अरु ६० लाख नागरिकलाई खतरा रहेको बताइएको थियो ।

त्यसैगरी, बंगलादेश र नेपालमा पनि बाढीका कारण कयौं नागरिकको ज्यान गएको छ भने लाखौं व्यक्ति प्रभावित भएका छन् । ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धारकार्य गरिरहेको छ । सो समितिले ती देशमा आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग उपलब्ध गराइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर