राजधानीको महाबौद्धस्थित ‘प्रणामी बचत तथा ऋण सहकारी संस्था’ मा स्रोत नखुलेको रकम भेटिएको छ । पूर्वमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतको स्रोत नखुलेको ६१ करोड रुपैयाँ सम्पत्ति सो सहकारीमा भेटिएको हो ।
पूर्वसञ्चारमन्त्री समेत रहेका बस्नेतले ‘प्रणामी सहकारी’ मा राखेको उक्त रकमको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाइसकेको छ ।
बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ । बस्नेतले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति सहकारीमा राखेको भन्दै बयानका लागि विभागले उनलाई बोलाउने तयारी गरेको खबर शुक्रबारको तुलसी श्रेष्ठको बाइलाइनमा अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।