भूक्षय र पहिरोका दृष्टिकोणले मकवानपुर जिल्ला उच्च जोखिममा रहेको छ । भूकम्पपछि भौगर्भिक सूचना प्रणालीबाट गरिएको अध्ययन अनुसार मकवानपुरमा साना–ठूला गरी १ हजार ६३ वटा पहिरोस्थल रहेका छन् ।
जिल्लाको कूल भूभागमध्ये खहरे र पहिरोबाट १५ हजार ६ सय ६० हेक्टर (६.४९ प्रतिशत) जमिन मात्र सुरक्षित रहेको पनि अध्ययनले देखाएको छ । ७४ हजार १ सय ३२ हेक्टर जमिन (कूल जमिनको ३०.७३ प्रतिशत) जमिन खहरे र बाढीबाट सधैं जोखिममा छन् ।
त्यस्तै, ६३ प्रतिशत जमिन (५१ हजार हेक्टर) भूक्षयका कारण उच्च जोखिममा रहेको जिल्ला भूसंरक्षण कार्यालयका प्रर्वप्रमुख पुष्पराज थापाले बताएको खबर प्रताप विष्टको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।