newskoseli.Com

३ वर्षभित्रै काठमाडौंको चक्रपथमा मोनोरेल : कसले, कसरी काम अघि बढाउँदै ?

अबको तीन वर्षभित्र काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाद्वारा पारित चालू आर्थिक वर्षको बजेटमार्फत यो जानकारी दिइएको हो ।

महानगरपालिकाले चालू आर्थिक वर्षमा १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपियाँ बजेट पारित गरेको जानकारी दिइएको छ । चालू आर्थिक वर्ष २०७६–७७ को पारित बजेटबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले आगामी तीन वर्षभित्र चक्रपथमा मोनोरेल सञ्चालन गर्ने कार्ययोजना तय गरिएको जानकारी दिए ।

चक्रपथमा मोनोरेल सञ्चालन गर्न काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्नका लागि चिनियाँ कम्पनी चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) सँग यसअघि नै सम्झौता गरिसकेका छन् ।

काठमाडौंमा मोनोरेल सञ्चालनका लागि सीसीआरसीले यसअघि नै सम्भाव्यता अध्ययन गरी महानगरपालिकालाई सोको प्रतिवेदन बुझाइसकेको खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर