newskoseli.Com

देउवा आफैं भेट्न गए, प्रचण्डलाई भेट्न उनै आए : ‘र’ टोलीको नेपालमा ‘व्यस्त’ कार्यक्रम !

नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (‘र’) को टोली सोमबार ‘उच्चस्तरीय राजनीतिक भेटवार्ता’ मा ‘व्यस्त’ रह्यो ।

‘र’ को टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता गर्‍यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति भेटवार्ता गरेका ‘र’ का अधिकारीले सोमबार बिहान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेको हो ।

‘र’ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतबार दिउँसो काठमाडौं आएपछि भेटवार्तामा जुटेको थियो । भेटघाटका लागि कांग्रेस सभापति देउवा स्वयं लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए भने प्रचण्डलाई भेट्न चाहिँ ‘र’ का अधिकारी प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

दूतावास स्रोतका अनुसार आइतबार साँझ ७ बजेर ४० मिनेटमा दूतावास पुगेका देउवा करिव चार घन्टापछि राति ११ बजेर ४० मिनेटमा बाहिरिएका थिए । देउवासँगको भेटमा कांग्रेस सांसदद्वय डा. अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी रहेको बताइएको छ । ‘र’ का अधिकारीको सम्मानमा दूतावासले आइबार साँझ दूतावास परिसरमा रात्रिभोज समेत दिएको थियो ।

सोही जमघटमा देउवा सहितको टोली दूतावास पुगेको हो । ‘र’ प्रमुख गोयल सहितको टोली बौद्धस्थित हायात होटलमा बसेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर