newskoseli.Com

वनमन्त्री बस्नेत चढ्छन् आधा दर्जन सरकारी गाडी !

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी सरकारी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् ।

यी बाहेक उनको सचिवालयले मन्त्रालय र विभागका अरु ४ वटा गाडी र ७ वटा मोटरसाइकल समेत लिएको छ । २०७४ मा संशोधित ‘मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २ सय ६५ लिटर पेट्रोल र त्रैमासिक रूपमा ५ लिटर मोबिल’ मात्र पाउने उल्लेख छ ।

सरकारी सवारी साधन दुरुपयोगबारे प्रतिक्रिया दिन मन्त्री बस्नेतले मानेनन् । मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले चाहिँ ‘मन्त्रीको सचिवालयको विषय भएकाले उतै सोध्न’ सुझाए । ‘जनमानसमा सकारात्मक सन्देश दिन’ भन्दै वातावरण मन्त्रीका हैसियतमा बस्नेतले साउनदेखि ‘प्रदेश ३, ००२ झ ४९०६ नम्बर’ को विद्युतीय गाडी चढिरहेका छन् ।

मन्त्रालयले असार अन्त्यमा उनका लागि ५५ लाख ४६ हजार रुपैयाँमा यो गाडी किनेको हो । विद्युतीय बाहेक मन्त्रीसँग मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका ४ गाडी छन् । उनीसँग वन मन्त्रालयको बा २ झ २२०१ र गृह मन्त्रालयले उपलब्ध गराएको बा २ झ १०९० नम्बरको कार छ । उनले कोषबाट दुई गाडी लिएको खबर अब्दुल्लाह मियाँको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर