newskoseli.Com

मंसिरमै चुनाव गराउने यस्तो छ तयारी…

जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा आउँदो कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी लक्ष्य बनाएर मिति तोक्न निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने बताएको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने सबै स्रोत र साधनको कार्यविधि बनाइरहेको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने– ‘उपनिर्वाचन गराउन के–के आवश्यक छ, के–कस्तो अवस्था छ भन्नेबारे बुझ्ने काम भइरहेको छ; ती कार्य सकिएपछि सरकारसँग परामर्श गर्ने छौं ।’

स्मरणीय छ, निर्वाचनसम्बन्धी ऐनमा सरकारले आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्ने प्रावधान छ । आयोगले उपनिर्वाचनका लागि ७७ वटै जिल्ला निर्वाचन, जिल्ला प्रशासन र तोकिएको इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको बताइएको छ । यो कार्य उपनिर्वाचनको मिति घोषणा नभएसम्म जारी रहने आयोगले जनाएको खबर सुनील महर्जनको बाइलाइनमा शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर