newskoseli.Com

यस्तो संकटमा पर्‍यो वायुसेवा निगम !

जहाज खरिद गर्दा वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि ऋणदाता कम्पनीले नै सरकारसँग रकम माग गरेका छन् ।

निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । ती निकायले ९ महिनादेखि ऋणको किस्ता तिरेका छैनन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एक वर्ष अगाडि भित्र्याएको एयरबसको ए ३३०–२०० नामको वाइडबडी जहाज पूर्ण क्षमतामा उडान गर्न नसक्दा ३ वटा किस्ता तिर्न सकेको छैन ।

निगमले उडान व्यवस्थापन मिलाउन नसक्दा र व्यावसायिक योजनाअनुसार उडान नहुँदा गत आ.व. मा मात्रै करिव दुई अर्ब रुपैयाँ घाटा भएको खबर राजु बास्कोटाको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर