newskoseli.Com

रवीन्द्र अधिकारीको क्षेत्रमा चुनाव लड्न ओलीको प्रस्ताव, वामदेवले दिए कस्तो जवाफ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई रवीन्द्र अधिकारीको निधनपछि खालि भएको क्षेत्र कास्कीबाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् ।

केही दिनअघि बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरे पनि गौतमले भने अहिले आफू चुनाव लड्ने मुडमा नभएको बताएको उनी निकट स्रोतले जनाएको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खालि भएको कास्कीको निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रधानमन्त्री ओलीले नेता गौतमलाई प्रस्ताव गरेका थिए ।

तर, नेता गौतमले भने रवीन्द्रकी पत्नी विद्या भट्टराईलाई नै चुनाव लडाउनुपर्ने प्रस्ताव गरेका छन् । ‘मलाई अहिले चुनाव लड्ने मुड छैन, विद्यार्थी राजनीति गरेकी विद्यालाई चुनाव लडाउँदा ठीक हुन्छ । उनले रवीन्द्रको राजनीतिक जीवनलाई साथ दिन आफ्नो राजनीतिक क्षमतालाई गुमनाम बनाएकी छन्’– गौतमले ओलीलाई जवाफ फर्काएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर