नेपाल एलपी गयास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेको बुझाइमा एलपी ग्यास विस्फोट र आगलागीका घटना जनचेतना अभावको परिणाम हो । विद्युतको तार सर्ट भएर पनि ग्यास विस्फोट भएका छन् ।
उनले भने– ‘पाइप, रेगुलेटर र सिलिन्डरको कमजोरीजस्ता कारण पनि हुन्छन् ।’ ग्यास क्षेत्रलाई व्यवस्थित बनाउन ‘एलपी ग्यास बोटलिङ प्लान्टका लागि मापदण्ड’ बनाइएको थियो । गुणस्तर र मापदण्डमा ग्यास प्लान्टहरुले लापरबाही गर्नाले दुर्घटना निम्तिने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।
उद्योगी र व्यावसायीलाई कानुनी दायरामा ल्याउन र उपभोक्तालाई सचेत बनाउन नसक्दा दुर्घटना बढ्दै गएका छन् । गुणस्तर विभागका अनुसार सिलिन्डरको आयु करिव ४० वर्ष हुनछ । सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक टेस्ट गर्नुपर्छ । त्यसपछि प्रत्येक ५–५ वर्षमा यसतो परीक्षण गराइराख्नुपर्छ ।
तर, बजारमा पुगेका सिलिन्डरहरुले त्यस्तो परीक्षण पास गरेको सुनिश्चितता न सरकारी निकायला गरेका छन् न अन्य कसैलै । जनजीवनसँग प्रत्यक्ष जोडिएको ग्यास सिलिन्डर विष्फोटप्रतिको सचेततासम्बन्धी यो खबर जनकराज सापकोटा र राजु चौधरीको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।