newskoseli.Com

छोरी जन्मेपछि अस्पतालमै श्रीमती छाडेर श्रीमान् दम्पच !

छोरा र छोरीबीचको विभेद अहिलेसम्म पनि कम भएको छैन । यस्तै एक घटनाको उदाहरण बनेका छन् जुम्लामा एक ‘बुबा’ ।

पातारासी गाउँपालिका, तल्फिगाउँ, जुम्लाकी ३५ वर्षीया पुतली महताराले बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माइन् । अस्पतालमा बच्चा जन्मेपछि खुशी छायो । तर, श्रीमान् वीरबहादुर बोहरालाई भने छोरी जन्मेकामा पटक्कै चित्त बुझेन । सुत्केरी श्रीमती र छोरीको स्याहारसुसारमा आलटाल गर्दै उनीहरूलाई अस्पतालमै छाडेर वीरबहादुर चाहिँ घरतिर लागे ।

श्रीमानले छाडेर गएपछि १० दिनकी सुत्केरी पुतलीलाई घर जान कठिन भएको छ । एक दिन, दुई दिन गर्दै अस्पताल बस्ने दिन सकिए र डिस्चार्ज गरिसकेपछि अस्पतालमै बस्ने कुरा पनि भएन । आजको समाजमा समेत सुत्केरी महिलाले भोग्नु परेको यस्तो अमानवीयतासम्बन्धी खबर नेत्र शाहीको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर