नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ‘आधारइलाका’ मानिन्छ प्रदेश– ५ । सशस्त्र द्वन्द्वका केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रुकुम (पूर्व) मा विप्लवका कार्यकर्ताको बाहुल्यता देखिएको छ ।
उनीहरुले विगतमा झै ‘जनसरकार’ खडा गरेका छन् । प्रदेश– ५ का अधिकांश स्थानीय तहमा उक्त पार्टीको ‘सहयोग अपिलपत्र’ पुगेको छ । विप्लवका कार्यकर्ताले ‘धम्की’ र ‘चेतावनी’ समेत दिएको दावी गरिन्छ ।
‘जनप्रतिनिधि’ ले भने यसको प्रतिवाद गर्न सकिरहेका छैनन् । ‘प्रतिरोध गर्न सक्ने अवस्थै छैन,’ रोल्पाका एक ‘जनप्रतिनिधि’ ले भने– ‘यही गाउँमा बस्नु छ हुँदैन, गर्न सकिने अवस्था छैन ।’ नेपालमा फेरि क्रमशः बल्झिँदै गएको द्वन्द्वको अर्को अध्यायसम्बन्धी यो खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।