पछिल्लो एक दशकयता नेपालमा आक्रामक रुपमा विस्तार भएको दूरसञ्चार क्षेत्रमा प्रयोगकर्ता (ग्राहक) पनि उत्साहजनक रुपमै वृद्धि भइरहेका छन् । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांक अनुसार ४ करोड ११ लाख १० हजार भ्वाइस सेवाका र १ करोड ९० लाखले डाटा सेवाका प्रयोगकर्ता (ग्राहक) छन् ।
केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको कूल जनसंख्यालाई आधार मान्ने हो भने देशमा रहेका नेपाली बाहेक औसतमा हरेक एक नेपाली बराबर दुई वटा सिमकार्ड तथा टेलिफोन लाइन पर्छन् ।
विभागले सन् २०११ देखि २०३१ सम्म २ करोड ९५ लाख जनसंख्या हुने प्रक्षेपण गरेको छ भने २०६८ को जनसंख्या २ करोड ६४ लाख भएको खबर सरस्वती ढकालको बाइलाइनमा बुधबारको कारोबार दैनिकमा प्रकाशित छ ।