कश्मीरको विशेषाधिकार खोस्ने भारतीय कदमको चीनले विरोध गरेको छ । आफ्नो भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्रशासिन हुने निर्णयले चिनियाँ सार्वभौम अधिकार र हितमाथि चुनौती दिएको टिप्पणी चीनले गरेको छ ।
तीनदिने चीन भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग समकक्षी वाङ यीले कश्मीरको स्थितिलाई जटिल बनाउने गरी भएका कुनै पनि एकपक्षीय गतिविधिको चीनले विरोध गर्ने बताएको खबर लक्ष्मी लम्सालको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।