गोठमा पशु–चौपाया कराइरहेका छन् । घाँस–पराल हाल्ने कोही छैन । वस्तीका ३४ घरमध्ये सबैजसो घरमा लागेका छन् ताला ।
पूर्वी नवलपरासीस्थित विनयीत्रिवेणी गाउँपालिका– ५, खकरा गाउँको दृश्य हो यो । कर्मचारी र सामुदायिक वन समितिका पदाधिकारीको मिलेमतोमा स्थानीय तालदेवी सामुदायिक वनका एक सयभन्दा बढी हरिया रुख फँडानी भएपछि कारबाहीमा परिने डरले खकराका गाउँले घर छाडेर भागेका हुन् ।
हरिया रुख काटेको ३६ दिनपछि डिभिजन कार्यालयका प्रमुखसहितको टोली निरीक्षणमा पुगेपछि स्थानीयवासी घर छाडेर लुकेको खबर नारायण शर्माको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।