newskoseli.Com

जम्मु–कश्मीरमा ८० हजार नेपाली : कसरी हाेला सुरक्षा ?

जम्मु–कश्मीरमा रहेका नेपालीहरुको पछिल्लो अवस्थाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासले त्यहाँका प्रवासी नेपालीहरुका संगठनका प्रतिनिधिसँग छलफल गरेको छ ।

नरेन्द्र मोदी सरकारले गत साता गरेको जम्मु–कश्मीरको ‘विशेषाधिकार’ खारेजीलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ विभिन्न पेशा–व्यावसाय गर्दै आएका करिव ८० हजार नेपालीको सुरक्षाबारे छलफल केन्द्रित रहेको थियो ।

छलफलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले प्रवासी संघ–संगठनका प्रतिनिधिसँग जम्मु–कश्मीरमा रहेका नेपालीको सुरक्षालगायतका विषयमा के–कसरी अगाडि बढ्न सकिन्छ भन्ने जिज्ञासा राखेको खबर सुरेशराज न्यौपानेको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर