newskoseli.Com

विप्लवका मुनाल २ पेस्तोल, २० गोली र दूरबिनसहित पक्राउ, पूर्वका ५ नेता पनि समातिए

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सैन्य विभागमा कार्यरत मुनाल भनिने सुलभ लामालाई प्रहरीले २ थान स्वचालित पेस्तोल र २० राउन्ड गोलीसहित पक्राउ गरेको छ । रसुवाबाट धादिङको धार्के पुगेर काठमाडौं फर्किएका लामालाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको हो ।

बा २ ख १९८० नम्बरको सार्वजनिक बस खानतलासीका क्रममा लामा पक्राउ परेको प्रहरीले जनाएको छ । उनको साथबाट पार्टीका कागजपत्र, ५ थान मोबाइल र दुरविन पनि फेला परेको प्रहरीले जनाएको छ । यसैगरी, ताप्लेजुङ–पाँचथर इन्चार्जसहित सो पार्टीका ५ जना नेता–कार्यकर्ता पनि पक्राउ परेका छन् ।

उनीहरूलाई झापाको दमकबाट समातिएको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । ताप्लेजुङ इन्चार्ज सक्कल भनिने सागर लिम्बू, पाँचथर इन्चार्ज तथा मेची ब्युरो सदस्य राजु दास, मेची ब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य योगेश लिम्बू र जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का मेची–कोशी संयोजक गणेश कार्कीडोली समातिएको जानकारी श्रेष्ठले दिएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर