सरकारले निकै महत्त्वाकांक्षाका साथ ल्याउन लागेको ‘राष्ट्रिय परिचयपत्र’ यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ । सरकारले ‘पाइलट प्रोजेक्ट’ का रुपमा सिंहदरबारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरे पनि यो ‘समान्य परिचयपत्र’ मै सीमित भएको छ ।
नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको राष्ट्रिय परिचयपत्र स्थानीयका लागि भने ‘बोक्नु न टोक्नु’ भनेजस्तै भएको छ । कुनै पनि प्रयोगमा नआएपछि परिचयपत्रलाई नागरिकले बाकसमा थन्याएर राखेका छन् ।
पाँचथरमा १ लाख १० हजार र सिंहदरबारमा ७ हजार कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्ने योजनाअनुसार सुरु भएको यो कार्यक्रम वितरणमै सीमित भएको खबर दीपक बोहोराको बाइलाइनमा बिहीबारको कारोबार दैनिकमा प्रकाशित छ ।