प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमै हुने स्वास्थ्योपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले बैठक सञ्चालन विधि संशोधन गरेको हो । ओली स्वास्थ्योपचारका लागि बिहीबार सिंगारपुर जाँदैछन् । अब प्रधानमन्त्री जहाँ भए पनि ‘भिडियो कन्फरेन्स’ मार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा निकटतम मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रको जिम्मेवारी दिने प्रचलन तर, अब भने कसैलाई कार्यवाहक नदिई प्रधानमन्त्री जहाँ छन्, त्यहींबाट भिडियोमार्फत मन्त्रिपरिषदको बैठक सञ्चालन गरिने भएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।