पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबारदेखि प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष बस्ने कुर्सीमा बस्न पुगेका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारी संसदलाई भएपछि बिहीबारदेखि उनी सत्तारुढ दलको सिटमा बसेका हुन् ।
पार्टी एकता भएको करिव तीन महिनापछि पार्टी दर्ता भएको आधिकारिक पत्र निर्वाचन आयोगले संसदमा पठाएपछि डा. भट्टराई फेरि सत्तापक्षको कुर्सीमा पुगेका हुन् ।
यसअघि नेता भट्टराई प्रतिनिधिसभामा स्वतन्त्र सांसद बस्ने सिटमा बस्दै आएको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।