newskoseli.Com

रवि लामिछानेलाई शालिकराम पुडासैनीको म्यासेज : रवि, अस्मिता र शालिकरामबीच के थियो सम्बन्ध ?

अस्मिता कार्की र शालिकराम पुडासैनीबीचको कुराकानीका प्रत्येक प्रमाण केलाउँदा कार्यक्रम प्रस्तोता रवि लामिछाने, शालिकराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकारी देखिँदैनन् । शालिकरामले भने बारम्बार आफूले रविसँग काम गरेको भन्दै आफ्नो ‘ओज’ देखाउने प्रयास गरेको देखिन्छ ।

रविसँग आफूले गरेको म्यासेजको स्क्रिनसट भन्दै उनले माघ २९ मा अस्मितालाई एउटा फोटो पठाएको देखिन्छ । उक्त स्क्रिनसटमा शालिकरामले लेखेका छन्– ‘दाइ मलाई माफ गर्नुहोला, तपाईंहरुले अफिसमा मलाई सधैं जिस्काउने मान्छेले मलाई धोका दिएकी छ ।’

पत्रकार टेकनारायण भट्टराईमार्फत् शुक्रबार मात्र बाहिरिएको रविको अडियो अन्तर्वार्तामा पनि उनले अस्मितासँग युवराज र आफ्नो पहिला कुनै चिनजानी नभएको, फोन र कुनै माध्यमबाट संवाद नभएको दाबी गरेका छन् । शालिकराम विवाहित रहेको आफूले थाहा पाएपछि पनि बारम्बार उनले मानसिक तनाव दिन थालेपछि सम्बन्धबाट छुटकारा मिलाइदिन रविले प्रयास गरिदिए हुने भन्ने मनसाय अस्मिताको रहेको देखिन्छ ।

अस्मिताले न्युज २४ मा कार्यरत केही पत्रकारलाई भेटेरै शालिकरामबारे कुरा राख्दै समस्या समाधानका निम्ति पहल गरिदिन अनुरोध गरेकी थिइन् । शालिकरामले आत्महत्या गरेको दुई दिनपछि न्युज २४ बाट अस्मितालाई फोन गएको देखिन्छ । शालिकरामको आत्महत्यापछि न्युज २४ ले किन बारम्बर अस्म्तिाको अन्तर्वार्ता गर्ने प्रयास गर्‍यो ? के त्यसमा रविको कुनै भूमिका थियो ? यसबारे भने तथ्य नखुलेको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर