चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रेन्ड’ भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य फेला परेको छ ।
श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्दै आएका पुडासैनीले बिदा र फुर्सदको समयमा ‘प्रेमिका’ लाई भेट्न टोखा नगरपालिका– ११, महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो । महानगरीय प्रहरी परिसर टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी ‘प्रेमिका’ को फोटोसहित केही कागजात बरामद गरेको छ ।
प्रहरीले टोखा नगरपालिका– ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोहबरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो । पुडासैनीले एक जना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायतका सामग्री बरामद गरेको रोहबरमा बसेका वडाध्यक्ष अधिकारीले बताएको खबर दिलिप पौडेलको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ छ ।