सिंगापुरमा स्वाथ्योपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात पटक ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलामा बढेको ‘एन्टीबढी’ झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो ।
उनलाई दिन बिराएर सात पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीलाई पहिलो पटक शुक्रबार प्लाज्मा फेरेसिस गरिएको थियो । यही अवस्था रहने भने उनको सिंगापुर बसाई एक महिनासम्म लम्बिन सक्ने उनीनिकट चिकित्सकको भनाइ छ ।
चिकित्सकका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाको विरुद्धमा बनेको एन्टिबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस विधि प्रयोग गरिने खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।