newskoseli.Com

शीर्ष नेताबीचको ‘झगडा’ मिलाउँदै अध्यक्ष प्रचण्ड

दसवर्षे सशस्त्र जनयुद्धको अन्तिमताका सरकार र तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालीन नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितिमा प्रचण्डलाई सहमतिमा ल्याउन नेपालले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । त्यतिबेला नेपाल र प्रचण्ड समान हैसियतमा थिए, दुवै जना आ–आफ्नो पार्टीमा एक नम्बरका प्रमुख नेता थिए । नेपाल तत्कालीन नेकपा (एमाले) का महासचिव थिए भने प्रचण्ड विद्रोही माओवादीका अध्यक्ष ।

अहिले परिस्थिति मोडिएको छ । दुबै पार्टी एक भएका छन् । दुबै नेता एकै पार्टीका नेता छन् तर हैसियत समान छैन । प्रचण्ड अध्यक्ष छन्, नेपाल भने एकीकृत पार्टीको चौथो वरियतामा छन् ।

भर्खरैसम्म मात्र तेस्रो वरियतामा रहेका नेपालको वरियता चौथोमा झारिएपछि नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको ‘झगडा’ सतहमै आएको छ । यतिबेला अध्यक्ष प्रचण्ड त्यही ‘झगडा’ मिलाउन लागिपरेको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर