उपचारार्थ सिंगापुर उड्नुअघि ‘अन्यथा’ सोच्नेलाई प्रधानमन्त्रीले चेतावनी दिएका थिए– ‘म अझै १५ वर्ष मैदानमै छु, मरिगए हुन्थ्यो भन्ने चाहनेहरु अर्को चुनावको सामना गर्न तयार होऊन् ।’
सिंगापुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्माफेरेसिस’ उपचार सुरु गरिएको छ । मिर्गौला रोग विशेषज्ञका अनुसार मिर्गौलाबाट ‘एन्टीबडी’ नष्ट गर्ने प्रक्रिया अर्थात् प्लाज्माफेरेसिस सफल भए लामो समयसम्म मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिन्छ ।
प्रधानमन्त्रीका अन्य अंग स्वस्थ रहनुका साथै उच्च मनोबल भएका कारण उपचार जटिल नहुन सक्ने उनीहरुको आँकलन रहेको खबर दिनेश गौतमको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।









