newskoseli.Com

‘पतञ्जली’ का प्रमुख बालकृष्णलाई कसले खुवायो विष ?

गतसाता अचानक अस्वस्थ भएका भारतस्थित ‘पतञ्जली’ गोगपीठका प्रभावशाली व्यक्ति ‘आचार्य’ बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ ।

नेपालको स्याङ्जामा जन्मिएका बालकृष्ण भारतका प्रभावशाली योग ‘गुरु’ रामदेवको मुख्य सहयोगी छन् । पतन्जली योगपीठ नेपालमा पनि सक्रिय छ । ‘आचार्य’ अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन् ।

कृष्ण जन्माष्टीका दिन ‘भक्त’ ले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा उनी अचानक बिरामी परेका थिए । अहिले उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको खबर ईश्वरराज ढकालको बाइलाइनमा नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर