स्थानीय तहमा ‘जनप्रतिनिधि’ चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आशा गरे । तर, जोसँग आशा गरिएको थियो उनीहरु नै मनमुटाव मात्र नभै भिडन्तमै उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा ।
यहाँका धेरैजसो तहमा प्रमुख–उपप्रमुखबीच मनमुटाव छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादले कामकारबाही सहज रुपमा अघि बढ्न सकेका छैनन्, समस्या ज्युँका त्युँ छन् । नगरपालिकामा पनि मेयर–उपमेयरबीच बोलचाल छैन ।
त्यसले नगरका कामकारबाही चुस्तदुरुस्त रुपमा अघि बढ्ने कुरै नभएको खबर शिव पुरीको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।