बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट ‘भर्जिन’ शब्द हटाउन आदेश दिएको छ । सट्टामा अब ‘अविवाहित’ लेख्नुपर्ने भएको छ ।
यसअघि वैवाहिक प्रमाणपत्रमा महिलाका हकमा ‘भर्जिन’ (कुमारी), विधवा वा पारपाचुकेमध्ये एउटामा चिह्न लगाउनुपर्थ्यो । विधवा र पारपाचुके भने कायम राखिएको छ । अदालतले ‘भर्जिन’ शब्दलाई अपमानजनक र विभेदकारी समेत भनेको छ । यसबाट गोपनीयताको हक उल्लंघन भएको पनि ठहर गरेको छ ।
यसका लागि मानवअधिकारवादीले आवाज उठाउँदै आएका थिए । बंगलादेशको १६ करोड ८० लाख जनसंख्यामध्ये ९० प्रतिशत मुस्लिम रहेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।