उदघाटन भएको तीन महिना बित्न लाग्दा पनि नारायणहिटी दरबार संग्रहालयमा रहेको गणतन्त्र स्मारक अझै सञ्चालनमा आएको छैन ।
गणतन्त्र दिवसको उपलक्ष्यमा जेठ १५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहबीच सो स्मारकको उदघाटन गरेकी थिइन् । सम्पूर्ण रूपमा निर्माण सम्पन्न हुन नसकेका कारण स्मारक सञ्चालनमा नआएको निर्माणको जिम्मा पाएको सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले बताए ।
स्मारकको तल्लो बेसमेन्टमा निर्माण बाँकी रहेको तथा स्मारक सञ्चालन कार्यविधि अझै स्वीकृत हुन नसकेकाले स्मारक सञ्चालनमा आउन नसकेको इन्जिनियर महर्जनले बताए । ‘स्मारकको निर्माण सहरी मन्त्रालय मातहत भइरहेको छ भने नारायणहिटी दरबार संग्रहालयको सञ्चालन अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत भइरहेको छ,’ इन्जिनियर महर्जनले थपे– ‘स्मारक दरबार संग्रहालय मातहत सञ्चालनका लागि कार्यविधि निर्माण गरी हस्तान्तरण गर्नुपर्ने लगायतका प्रक्रियाका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ ।’
दरबार संग्रहालयअन्र्गतको गणतन्त्त स्मारक उदघाटनमा हतार गरिएको तर निर्माण अझै सम्पन्न नभएको यो खबर भउचप्रसाद यादवको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।