newskoseli.Com

चिनियाँ जनमुक्ति सेना काठमाडौंमा : नेपाल–चीन संयुक्त सैन्य अभ्यास

बुधबारदेखि काठमाडौंमा नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम सुरु भएको छ । यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ ।

तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौं आएका छन् । महाराजगञ्जस्थित विशेष बाहिनी, लक्ष्य निवासमा सुरु भएको तालिममा नेपाली सेनाका तर्फबाट पनि महासेनानीको नेतृत्वमा विशेष फोर्सका २२ जना सैनिक सहभागी छन् ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नगरकोट र महाराजगञ्जमा गरी यो तालिम २ सातासम्म सञ्चालन हुनेछ । तालिममा प्राकृतिक विपद् व्यवस्थापन र प्रतिआतंकवादसम्बन्धी अभ्यास हुने जनाइएको खबर वसन्त खड्काको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर