newskoseli.Com

संसदलाई ढाँटे सरकारका प्रवक्ताले ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक’ नबसेको दाबी गरेका छन् । भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री र मन्त्रीबीच ‘हाई–हेलो’ मात्र भएको भन्दै मन्त्री बाँस्कोटाले यसलाई ‘अतिरञ्जना नगर्न’ आग्रह गरे ।

‘कुराहरु आदानप्रदान गर्‍यौं, एजेण्डामा प्रवेश गरेनौं, निर्णय गरेनौं, क्याबिनेट होइन, मन्त्रिपरिषदका सदस्यहरु भेला भएको हो त्यसैले प्रश्न नगरौं’– उनले भने । बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री बाँस्कोटाले गोपनीयता र सुरक्षाको प्रश्नमा सरकार संवेदनशील रहेको बताए ।

‘अमेरिकी र रुसी राष्ट्रपतिले अकाशबाटै भिडियो कन्फ्रेन्स गर्छन्, त्यहाँ त सूचना चुहिँदैन’– उनले उदाहरण प्रस्तुत गरे । कन्फ्रेन्स अवधिभर कार्यवाहक प्रधानमन्त्रीलाई के गर्ने भन्नेबारे निर्णय गरिने उनको भनाइ छ । तर, स्वयं प्रधानमन्त्री र प्रधानमन्त्रीका सल्लाहकारहरूले भने नेपालमै पहिलाे पटक भिडियाे कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक बसेर आफूहरूले ‘ऐतिहासिक’ काम गरेको दावी सार्वजनिक रूपमै गर्दै आइरहेका छन् ।

दिल्ली, वासिंटन, बेइजिङ– जहाँबाट पनि भिडियो कन्फ्रेन्स हुने स्पष्ट पार्दै सार्वभौमसत्ता र प्रधानमन्त्रीको राष्ट्रियतामा प्रश्न उठाउनु उचित नहुने जिकिर मन्त्री बाँस्कोटाले गरे । अमेरिकी राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीच समेत भिडियो कन्फ्रेन्स हुने उनले स्पष्ट पारेको खबर शुक्रबारका पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर