newskoseli.Com

पूर्वमाओवादी सेना नेपाली सेनाको ब्रिगेडियर जनरल बन्दै

तत्कालीन माओवादी जनमुक्ति सेनाबाट समायोजनमा परेका यमबहादुर अधिकारी ‘प्रतीक्षा’ नेपाली सेनाको सहायकरथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ ।

सहायकरथीका लागि उनले लामो समयदेखि राजनीतिक र आन्तरिक पहल गर्दै आएका थिए । आफूलाई सहायकरथी बनाउन उनले रक्षा मन्त्रालय र जंगी अड्डामा निवेदन समेत दिएका थिए ।

लामो राजनीतिक दबाब र सेनाभित्रको ‘चेन अफ कमान्ड’ को रस्साकस्सीपछि बीचको बाटो निकाल्दै उनलाई सहायकरथी बनाउने निधो भएको प्रधानमन्त्री कार्यालयसम्द्ध उच्च स्रोतले बतायो । उनलाई मानार्थ सहायकरथी दिने गरी सिफारिस भएको छ । चार वर्षसम्म उनी सहायकरथी रहने र त्यसपछि साे पद स्वतः खारेज हुने गरी सिफरिस भएको स्रोतले बताएको छ । उनलाई सहायकरथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ ।

शान्ति प्रक्रियाका केही काम अझै टुंगोमा पुग्ने क्रममै रहेकाले मनोबल गिर्न नदिन पनि रक्षाले यस्तो निर्णय लिएको सन्देश सेनालाई प्रवाह गरेको अधिकारीले बताएको खबर चन्द्रशेखर अधिकारीको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर