newskoseli.Com

विद्राेही–सुरक्षाकर्मी भिडन्त जारी : १७ लडाकु मारिए, प्रहरी प्रमुखसहित २० भन्दा बढी घाइते

अफगानिस्तानमा तालिबान लडाकु समूहले गरेको एक आक्रमणपछि सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमो दुई सुरक्षा अधिकारीका सदस्यसहित १५ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका अन्य १५ जना भने तालिबान लडाकुहरु रहेकाे अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहर नजिकै आक्रमणको घटना भएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।

स्थानीय समयानुसार शनिबार राति १ बजेतिर भिडन्त सुरु भएको थियो । तालिबान विद्रोहीहरुले आक्रमण गरेपछि भिडन्त सुरु भएको जनाइएको छ । सरकारी प्रवक्ता इस्मातुल्लाह मुरादीले सिन्ह्वालाई दिएको जानकारी अनुसार लडाकुहरुले राइफल, मेसिनगनलगायतका हतियारले आक्रमण गरेका थिए । उनीहरुले तीन ठाउँबाट आक्रमण गरेको उनले बताए ।

आक्रमणकारी लडाकुहरुलाई पराजित गर्न सरकारी सुरक्षाकर्मीहरु सफल भएको प्रवक्ता मुरादीले दावी गरे । आक्रमणका कारण त्रसित भएपछि बिहान सडक खालि भएका छन् भने पसलहरु बन्द भएका छन् ।

राजधानी काबुलदेखि २ सय ५० किलोमिटर टाढा रहेको घटनास्थलमा यो समाचार तयार पार्दासम्म भिडन्त भइरहेको अधिकारीहरुले जनाएका छन् । घटनामा परी २० जना स्थानीय वासिन्दा र जिल्ला प्रहरी प्रमुख घाइते भएको प्रान्तीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर