आरक्षणका वन्यजन्तु विदेशीलाई मार्न दिएर सरकारले सवा ३ करोड राजस्व उठाएकाे छ । ढोरपाटन शिकार आरक्षणमा विदेशीले शिकार खेलेवापत ३ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको हाे ।
आ.व. २०७५–७६ को पहिलो सिजन (असोज–मंसिर) मा १ करोड ९ लाख र दोस्रो सिजन (फागुन–वैशाख) मा २ करोड ११ लाख रुपैयाँ उठेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठका अनुसार पहिलो सिजनमा नाउर १० र झारल ६ वटा शिकार खेल्न (मार्न) अनुमति दिइएको थियो । दोस्रो सिजनमा नाउर १० र झारल ४ वटा शिकार खेल्न (मार्न) अनुमति दिइएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।