newskoseli.Com

प्रधानमन्त्रीको उपचार : छैटौं पटक गरियो ‘प्लाज्माफेरेसिस’

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ उपचारका क्रममा छैटौं पटक ‘प्लाज्माफेरेसिस’ गरिएको छ ।

१२ वर्ष अघि दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आँकलन गर्दै करिव डेढ महिनाअघि विभिन्न परीक्षण गरेर उपचार प्रक्रिया सुरु भएको हो । प्राप्त जानकारी अनुसार दिन बिराएर गरिराखिएको रगत शुद्धीकरणसँग सम्बन्धित उपचारको क्रम बुधबार समाप्त हुनेछ ।

यसअघि प्रधानमन्त्रीले बिहीबार आराम गरेर शुक्रबार स्वदेश फर्कने तय गरिएको भए पनि शनिबारसम्म लाग्न सक्ने एक चिकित्सकले बताएको खबर अतुल मिश्रको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर