newskoseli.Com

मिडिया काउन्सिल विधेयकमा सत्तापक्षकै संशोधन : ‘पत्रकारिता गर्न परीक्षा उत्तीर्ण गर्नु अनिवार्य’

पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेका बेला संघीय संसदको राष्ट्रियसभामा पेस भएको मिडिया काउन्सिल विधेयकमा सत्ता पक्षका सांसदले संशोधन प्रस्ताव पेस गरेका छन् । सो प्रस्तावमा पत्रकारिता गर्न चाहनेले योग्यता परीक्षण परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने प्रावधान समेत प्रस्तावित छ ।

विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै नेकपाका १४ जना सांसदले पत्रकारलाई परीक्षाको व्यवस्था थप गर्न प्रस्ताव दर्ता गरेका हुन् । विधेयकको दफा १५ पछि २३ सम्म थप्दै परीक्षाको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित दफा १६ मा वर्षको दुई पल्ट पत्रकारको व्यावसायिक परीक्षा हुने भनिएको छ ।

परीक्षामा लिखित तथा मौखिक प्रश्न सोधिनेछन् । मौखिकको पूर्णांक लिखितको १० प्रतिशत प्रस्ताव गरिएको छ । उपदफा २ मा ‘विज्ञहरू समावेश भएको तीन सदस्यीय परीक्षा समिति’ गठन गर्न सुझाइएको छ, जसले पत्रकारिता गर्नेका लागि लाइसेन्स परीक्षा लिने खबर सविन शर्माको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर