newskoseli.Com

एउटै रूखका कारण सडक विस्तारमा यत्रो अवरोध !

वीरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यसहित विस्तार गर्न लागिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण कार्यमा एउटा रूखका कारण निकै ढिलाइ भएको छ ।

एउटा रूख कटान हुन नसक्दा उक्त सडक विस्तार कार्य अवरुद्ध भएको हो । त्यसमाथि कतिपय स्थानीयको जमिनको पनि समस्या थपिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७३ असार २९ देखि निर्माण सुरु गरिएको सो व्यापारिक मार्गमा परेको एउटा रूखको कटान हुन नसक्दा फागुनदेखि सो व्यापारिक मार्गको निर्माण अवरुद्ध भएको हो ।

उक्त मार्गमा परेका रूखको कटानका लागि टाँचा (छपान) लगाउने बेलामा सो रूख छुट्न गएको हुनाले अहिलेसम्म कटान हुन नसकेको हो । सो रूख पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । पर्सा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत शिवनारायण साहले भने– ‘वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा परेका रूखको कटानका लागि टाँचा (छपान) लगाउने बेलामा सो रूख छुट्न गएको हो, टाँचा नलगाएको रूख काट्न नमिल्ने भएकाले उक्त रूख अहिलेसम्म काट्न नसकिएको हो ।’

अनौठा–अनौठा बहाना, निहुँ र अवरोधका कारण विकास निर्माणमा प्रभाव पर्ने नेपालको एउटा यस्तै अनौठो समस्यासम्बन्धी यो खबर भउचप्रसाद यादवको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर