newskoseli.Com

रवीन्द्र अधिकारीको क्षेत्रबाट को–को उठ्दैछन् उपचुनावमा ?

राजनीतिक वृत्तमा निकै नै महत्त्वका साथ हेरिएको कास्की निर्वाचन क्षेत्र– २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दलहरु जुटेका छन् । मंसिर १४ मा हुने उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि उक्त क्षेत्रमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुन, २०७५ मा हेलिकप्टर दुर्घटनामा परेर निधन भएपछि उक्त क्षेत्र रिक्त छ । कास्की– २ बाट चुनाव लड्न ‘हेभिवेट’ उम्मेदवारको चर्चा छ । नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ । गौतमलाई उम्मेदवार बनाउने लगभग टुंगो लागेको नेकपा कास्कीका एक प्रभावशाली नेताले बताए ।

त्यसैगरी, कांग्रेसबाट नेता धनराज गुरुङ उम्मेदवार बन्ने चर्चा छ । अवसर पाए कास्की– २ बाट चुनाव लड्ने इच्छा गुरुङले सामाजिक सञ्जालमै समेत व्यक्त गरिसकेको खबर दीपक परियारप्रकाश बरालको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर