newskoseli.Com

कसरी सर्छ डेंगु ? यसो भन्छन् चिकित्सक (लक्षणहरु र बच्ने उपायको सूचीसहित)

डेंगुको संक्रमण देशभर फैलने क्रम बढे पनि समयमा नै उपचार गरिए यो सहज रूपमा निको हुने चिकित्सकहरुले बताएका छन् ।

डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ । तर, समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुका लक्षणहरु देखिनासाथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ । डेंगु हुँदैमा आत्तिनु नपर्ने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

लक्षण देख्नासाथ अस्पताल पुगेर परीक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने डा. पुनले बताए । उनले भने– ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ, ८–१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै, आत्तिनु पर्दैन ।’ डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ बजेको बीचमा मात्रै बढी सक्रिय हुने डा. पुनले बताए ।

यस्ता लक्षण देखिए डेंगु हुन सक्छ, तुरुन्त अस्पताल जाऔंः

– ज्वरो आउने
– आँखाका गेडी दुख्ने
– शरीरमा डाबर आउने
– बेस्सरी टाउको दुख्ने
– खानामा अरुचि हुने
– पेट तथा आन्द्रामा गडबडी हुने
– जोर्नी तथा मांशपेशी बेस्सरी दुख्ने

डेंगुबाट बच्ने उपायः

– लामखुट्टेको टोकाइबाट जोगिनु
– झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्नु
– पूरा शरीर ढाकिने गरी कपडा लगाउनु
– राति र दिउँसो पनि झुलभित्र सुत्नु

यसरी सर्छ डेंगुः

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवारोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । बर्षातको समय सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्ने खबर प्रशान्त वलीको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर