newskoseli.Com

‘कुरा नबुझी बिहे नगर्नू’ : आफ्ना नागरिकलाई चीनको ‘एड्भाइजरी’

चिनिया र नेपाली नागरिकबीच हुने अन्तर्देशीय अवैध विवाहका बुँदा समेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल एड्भाइजरी जारी गरेको छ । विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यस पटक नेपाल लक्षित एड्भाइजरीमार्फत विवाहबारे ‘सचेत’ गराएको हो ।

पछिल्लो समय विवाहका नाममा चीनतर्फ युवती तस्करी भएका समाचार सार्वजनिक भएका छन् । काठमाडौंस्थित नेपाली दूतावासले नेपाल घुम्न चाहने आफ्ना नागरिकका लागि सामाजिक सञ्जाल ‘वी च्याट’ मार्फत चिनियाँ लिपिमा बुधबार यस्तो सूचना जारी गरेको बेइजिङस्थित चिनिया सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

चिनियाहरुले अरुको मध्यस्थता अर्थात् ‘ब्लाइन्ड डट’ का आधारमा बिदाको समयमा नेपालमा गएर विवाह गर्नुअघि नेपालको बिवाह दर्ता प्रणालीबारे पूर्वजानकारी राख्न, रोकथामका उपाय अपनाउन र नेपालमा पुगेर हुने विवाहबारे सावधानी अपनाउन एड्भाइजरीमा सचेत गराएको खबर लक्ष्मी लम्सालको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर