newskoseli.Com

भारत–चीनका सेनाबीच दिनभर झडप, सी–मोदीबीच वार्ता हुँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो अनौपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ । भारत र चीनको सीमा क्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको हो ।

भारतको लद्दाख छेउको पागंग ताल नजिक दुई देशका सेनाबीच भएको झडप बुधबार दिनभर चलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । १ सय ३४ किमि लामो उक्त तालको उत्तरी किनार नजिक चीन र भारतबीच रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) क्षेत्रमा झडप भएको बताइएको छ । तालको दुईतिहाई हिस्सा चीनको नियन्त्रणको रहेको छ ।

तर, दुई देशका सैनिक अधिकारीहरुको प्रतिनिधि मण्डलबीचको छलफलपछि तनाव साम्य भएको थियो । जबकि भारतीय प्रधानमन्त्री मोदी र चिनिया राष्ट्रपति सीबीच अक्टोबर १०–१२ मा दक्षिण भारतीय सहर चेन्नई नजिकको ऐतिहासिक नगरी मामल्लापुरममा वार्ता हुने बताइएको छ ।

उक्त भेटमा पनि द्विपक्षीय सीमा विवाद र व्यापारका विषयमा कुराकानी हुने भारतीय सञ्चार माध्यमहरुले बताउँदै आएको खबर सुरेशराज न्यौपानेको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर